राष्ट्रिय जनमोर्चा शिवराज नगर समिति को आयोजनामा संघीयता बिरुद्ध आन्दोलन
कपिलवस्तु –
कपिलवस्तुको शिवराज नगरपालिका ३र ४ मा संघीयता बिरोधि आन्दोलन सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा शिवराज नगर समिति को आयोजनामा शिवराज ३ को खरेन्द्रपुर र शिवराज ४को समिति चोक मा संघीयता बिरुद्ध आन्दोलन सम्पन्न भएको हो । यही चैत्र २४ गते देखि ३० गते सम्म राष्ट्रिय जनमोर्चा द्वारा घोषित संघीयता बिरुद्ध काठमाडौं केन्द्रित आन्दोलन सफल पार्न जनभेटघाट र आर्थिक अभियान को दौरान मा प्रचारात्मक रूपमा कोण सभा गरिएको हो ।
कार्यक्रममा खरेन्द्रपुरको कोण सभा लाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै ले संघीयता व्यावहारिक रूपमा नै असफल भएको बताउँदै बेलैमा सत्ताधारी दलहरुले बुद्धि पुर्याएर खारेज गर्नु पर्ने बताउनुभयो । उहाले ढिलो गरे यसको दुष्परिणामले गणतन्त्र धराप मा पर्ने जिकिर गर्नुभयो ।
यसै गरी शिवराज ४ समिति चोक मा भएको कोण सभा लाई राष्ट्रिय जनमोर्चा जिल्ला कोषअध्यक्ष तथा शिवराज नगर समिति अध्यक्ष केहर सिंह पुन मगरले सम्बोधन गर्दै जनता द्वारा संघीयता अस्वीकृत भईसकेको हुँदा तत्काल खारेज गर्नु पर्ने धारणा राख्नु भयो । कार्यक्रम मा रक्तिम सांस्कृतिक अभियान शिवराज नगर समिति का कलाकार हरुले गीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा व्यापारी बुद्धि जीबी हरु संग जनभेटघट गरिएको थियो ।