कपिलवस्तुमा किशोरीलाई आत्मरक्षा तालिम
कपिलवस्तु -पुनहरी घिमिरे
कपिलवस्तुको शिवराज नगरपालिका ६ का किशोरीहरुलाई आत्मारक्षा सम्बन्धि तालिम आईतबार बाट सुरु भएको छ । किशोरीहरूलाई आत्मरक्षा तालिममा सहभागी गराउनु अति आवश्यक रहेकोले यस्तो कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष माहेताब आलम खाले बताउनु भयो ।
आत्मरक्षा तालिमले उनीहरूलाई शारीरिक सुरक्षा प्रदान गर्ने मात्र नभएको र आत्मविश्वास बढाउन, मानसिक रूपमा सशक्त बनाउन र विभिन्न खतराजनक परिस्थितिहरूलाई सामना गर्नको लागि मद्दत पुग्ने अध्यक्ष खाले बताउनुभयो ।
पछिल्लो समयमा नेपालमा महिलामाथि हिंसा, यौन दुर्व्यवहार र सडक सुरक्षाको चुनौतीहरू बढ्दो क्रममारहेको र यस्तो अवस्थामा, आत्मरक्षा तालिम किशोरीहरूको लागि एक बलियो खम्बा बन्न सक्ने प्रशिक्षक रामु सुनारको भनाई छ ।
कार्यक्रममा शिवराज नगरपालिका वडा नाबर ६ का विद्यार्थीहरुको सहभागीता रहेको छ ।
किशोरीहरूको आत्मनिर्भरता र सुरक्षालाई प्राथमिकता दिँदै यस्ता तालिमहरू अझ व्यापक बनाउनुपर्नेमा वडा सचिव राम प्रसाद चौधरीले जोड दिनुभयो ।
यस्ता तालिमले किशोरीहरूलाई निडर, सक्षम र आत्मनिर्भर बनाउने भन्दै किशोरीहरूलाई सुरक्षा थ्रेट मुक्त हुने र सशक्त भविष्यतर्फ अग्रसर हुने वडाले विश्वास लिएको छ ।
आईतवार देखि सुरु भएको तालिम १० दिन सम्म चल्ने प्रशिक्षक रामु सुनारले बताउनुभयो ।