Connect with us
Kapilvast Forest

कपिलवस्तुको शिवराजमा ‘कास्केली शिवराज समाज’ गठन

२०८१, २० फाल्गुन मंगलवारमा प्रकाशित

कपिलवस्तु– कास्की जिल्लाबाट बसाइँसराइ गरी शिवराज नगरपालिकामा बसोबास गर्ने कास्कीबासीहरू द्वारा ‘कास्केली शिवराज समाज’ गठन गरिएको छ । भेलाले शिवराज सुवेदीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिमा कृष्ण पौडेल उपाध्यक्ष, नवराज न्यौपाने सचिव, कमला देवी सुवेदी सहसचिव, तथा लाल बहादुर थापा कोषाध्यक्ष चयन भएका छन । त्यस्तै, सदस्यहरूमा शशिधर सापकोटा, विजय सापकोटा, शिवराज ओझा, र समसेर नेपाली रहेका छन ।

यस्तै, भेलाले भवनराज पौडेलको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । नवनिर्वाचित सचिव नवराज न्यौपानेका अनुसार समाजले कास्कीबासीहरूको आपसी सहयोग, एकता र पहिचान प्रवर्द्धन गर्दै सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

समाज गठनसँगै शिवराज नगरपालिकामा कास्कीबासीहरूको सक्रिय सहभागिता बढ्ने अपेक्षा गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj