Connect with us
Kapilvast Forest

 महिलाहरु व्यावसायिक हुन आवश्यक छ : शान्ता चाैधरी

२०८१, २४ फाल्गुन शनिबारमा प्रकाशित

विजयनगर, २४ फागुन ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा पनि श्रमिक महिला दिवस मनाइएको छ । विश्वभरि श्रमिक महिला दिवस मनाइरहँदा “सबैे महिला तथा बालबालिकाकाे लागि अधिकार, समानता र सशक्तीकरण” भन्ने मूलनाराका साथ गाउँपालिकाकाे आयाेजनामा पनि ११५ औँ अन्तराष्ट्रिय महिला दिवसलाई मनाइएको छ । प्लेकार्डमा विभिन्न हकअधिकारकाे माग सुनिश्चित हुनुपर्ने नाराकाे साथै र्यालीसहित अन्तरक्रिया कार्यक्रम गरि दिवसलाई भव्य रुपमा मनाइएको गाउँपालिकाले जनाएको छ ।

 

कार्यक्रमलाई सम्बाेधन गर्दै संविधान सभा सदस्य तथा नेकपा एमाले पाेलिट व्युराे सदस्य शान्ता चाैधरीले महिलाहरु पनि आत्मनिर्भर हुन आवश्यक रहेकाे बताएकी छन् । उनलेे महिलाहरु व्यावसायिक हुँदै आर्थिक रुपमा अब्बल भएपछि विभेद हट्दै जाने बताइन् । उनले सरकारले दिँदै आएकाे विभिन्न सीपमूलक, राेजगारमूलक तालिमलाई व्यवहारमा लागू गर्नुपर्ने बताइन् । महिलाहरुले अधिकार, समानता, सशक्तीकरणका लागि ठुलो चुनाैती भएकाे बताउँदै आफ्ना हक अधिकार प्राप्तिका लागि संघर्ष गर्दै जानुपर्नेमा चाैधरीलेे जिकिर गरिन् ।

 

महिलाहरुलाई घरबाटै निस्कनै चुनाैती भएको बताउँदै समाजमा विभिन्न लाञ्छना लाग्दै आएकाे हुँदा सामाजिक रुपमा अगाडी बढ्न समस्या सिर्जना हुने गरेकाे उनले बताइन् । यस्तै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले छाेरा सरह छाेरीलाई शिक्षित बनाउनुुपर्नेेमा जाेड दिए । विभेद नगरि छाेराछाेरीलाई बराबर रुपमा शिक्षा दिनुपर्ने बताउँदै महिलाहरुले घरकाे काममा मात्र सिमित नभई व्यावसायिक बन्न आवश्यक रहेकाे उनलेे बताए । आर्थिक रुपमा सक्षम भएपछि विभेदका कुराहरु विस्तारै हट्दै जाने अध्यक्ष थापाकाे भनाइ छ ।

 

यसैगरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले स्थानीय सरकार आएपछि महिलाहरुकाे सहभागीता बढ्दै गएको बताइन् । न्यायिक समितिमा पनि महिलाकाे संख्या बढ्दै गएकाे उनलेे जिकिर गरिन् । तर अझै पनि ३३ प्रतिशत महिलाकाे सहभागीता अनिवार्य हुनुपर्ने अधिकार भए पनि कागजमा मात्र सिमित भएको बताउँदै सचेत हुनुपर्ने उनले बताइन् । दाइजो प्रथाका कारण महिलाहरु विभेदका समस्या झेल्दै आएकाे बताउँदै दाइजो प्रथाकाे अन्त्य हुनुपर्नेमा उनलेे जाेड दिइन् ।

 

यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले सरकारले विभिन्न अवसर दिएकाे बताए । उनलेे समाजमा जरा गाडेर बसेकाे बताउँदै सशक्तीकरणकाे आवश्यकता परेकाे बताए । साँस्कृतिक, कुप्रथा, परम्परा र सामाजिक कारण विभेद भएकाेले पहिचान गरि समानता ल्याउनुपर्ने रिजालले बताए ।

कार्यक्रमलाई ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरी, प्रहरी सहायक निरीक्षक सिर्जना पुरी, अमृता खड्का, सकुन्तला भण्डारी, निर्मला सापकोटा लगायतले सम्बाेधन गरेका थिए भने कार्यक्रममा प्रेम कुमारी पाठककाे स्वागत मन्तव्य र वडा सचिव रचना पाैडेलकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu