Connect with us
Kapilvast Forest

बसको सिटमा बेहोस भेटिएका व्यक्तिलाई अस्पताल पुर्‍याउँदा मृत घोषणा

२०८१, २८ फाल्गुन बुधबारमा प्रकाशित

रुकुमपूर्व –

काठमाडौंबाट रुकुमकोटतर्फ आउँदै गरेको एक यात्रुबाहक बसको सिटमा बेहोस अवस्थामा फेला परेका व्यक्तिको मृत्यु भएको छ ।घोडाघोडी समितिको यात्रुबाहक बस (प्रदेश ३-०१-००५ ख ९५४२) मा अन्दाजी ५०/५५ वर्षीय एक पुरुष बेहोस सिटमा बेहोस अवस्थामा फेला परेका थिए ।जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी हिमबहादुर केसीका अनुसार बेहाेस अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल रुकुम (पूर्व) रुकुमकोट पुर्‍याइए पनि चिकित्सकहरूले उनलाई बुधबार दिउँसो १२:२० बजे मृत घोषणा गरेका हुन् ।बी१ नम्बरको सिटमा बसेका ती व्यक्तिलाई बसमा सवार अन्य यात्रुहरूले अचेत अवस्थामा देखेपछि चालक र सहचालकले प्रहरीलाई खबर गरेका थिए । मृतकका आफन्तहरू सम्पर्कमा आइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको केसीले जानकारी दिए ।