Connect with us
Kapilvast Forest

मकवानपुरमा मोबाईल चार्ज गर्दा करेन्ट लागेर एक युवकको मृत्यु

२०८१, ३० फाल्गुन शुक्रबारमा प्रकाशित

karenta-lagyo

मकवानपुर–

करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा एक युवकको मृत्यु भएको छ। मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय ३१ वर्षीय ईन्द्रलाल मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

करेन्ट लागेर सख्त घाइते भएका मोक्तानलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj