नेकपा एसको रोजगारीलगायत विषयकेन्द्रित देशव्यापी समाजवादी अभियान सुरु
काठमाडौं –
नेकपा एकीकृत समाजवादीले सुशासन, रोजगारीलगायत विषयकेन्द्रित देशव्यापी समाजवादी अभियान सुरु गरेको छ । आगामी २२ वैशाखसम्म सञ्चालन हुने अभियानमा विभिन्न क्षेत्रका संघ, संगठन तथा व्यक्तिहरूसँग वडा, गाउँ, प्रदेश र केन्द्रस्तरमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।