काठमाडौं –
नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्दैछ। केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो। बैठकमा समसामयिक विषयमै छलफल हुने एमालेले जनाएको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसारबैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ।