Connect with us
Kapilvast Forest

प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै

२०८१, ३ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं-

प्रतिनिधिसभा बैठक बस्दैछ संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

प्रधामन्त्री ओलीले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj