Connect with us
Kapilvast Forest

‘२०६५’फर्काउदै महेन्द्र मोरङमा अखिल क्रान्तिकारी विजयी

२०८१, ६ चैत्र बिहीबारमा प्रकाशित

विराटनगर-

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्ववियु सभापतिमा नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीका उम्मेदवार रोहित यादव विजयी भएका छन् । यादव १ हजार १ सय १८ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेविसंघ उम्मेदवार प्रज्वलजंग विष्टले १ हजार ७५ मत प्राप्त गरे ।तेस्रो स्थानमा रहेका अनेरास्ववियु उम्मेदवार अनिश बोगटीले २ सय ३२ मत प्राप्त गरे । महेन्द्र मोरङमा नेविसंघको डाक्टर शेखर कोइराला पक्षले योगराज दाहाललाई उम्मेदवार बनाएको थियो । दाहालले ६० मत प्राप्त गरे ।

कुनै समय नेता उत्पादन गर्ने थलोको रुपमा परिचित महेन्द्र मोरङमा यसअघि २०६५ सालमा अखिल क्रान्तिकारीबाट जयराम सुन्दास विजयी भएका थिए । त्यसबेला अखिल क्रान्तिकारीले अखिलसँग तालमेल गरेको थियो । यो पटक एक्लै चुनाव लडेर इतिहास रचेको अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष अभिमन्यू यादवले बताए । उनी महेन्द्र मोरङको चुनावी कमाण्डर थिए ।

गत मंसिरमा भएको स्थानीय तह उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष जितेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६४ को अवस्था फर्कने बताउँदै आएका छन् । महेन्द्र मोरङको चुनाव जितेपछि २०६५ को अवस्था फर्किएको यादव बताउँछन् । माओवादी केन्द्र कोशी प्रदेशका सचिव गणेश उप्रेती पनि विद्यार्थी राजनीतिमा २०६४ कै अवस्था फर्किएको बताउँछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj