कांग्रेस, एमाले र माओवादीको नेतृत्व थाक्दै,गल्दै गएको बाबुराम भट्टराईको तर्क
काठमाडौं –
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारको दुष्चक्रले गर्दा जनता निराश रहेको बताएका छन् । जनकपुरमा शनिवार अयोजित पत्रकार सम्मेलनका क्रममा उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र पहिचानवादी आन्दोलनबाट आएका राजनीतिक दलहरू पनि विस्तारै थाक्दै, गल्दै गएको जिकिर गरे ।
त्यसको विकल्प संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर बनेको अग्रगामी राजनीतिक दल भएको भट्टराईको तर्क छ । ‘अहिले जे छ, खासगरी पुराना कांग्रेस, एमाले र माओवादी र पहिचानवादी आन्दोलनमा आएका साथीहरूको नेतृत्व पनि जसरी विस्तारै थाक्दै, गल्दै, निष्क्रिय, गतिहीन जस्तो बनेको छ । त्यो एउटा पाटो हो,’ भट्टराईले भने, ‘त्यसको विकल्प भनेको त्यो भन्दा अग्रगामी, संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर यसका अपूर्णता, शासकीय स्वरुपका जुन अपूर्णता छन् ।’प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भइदिएको भए स्थिरता आउने दाबी समेत उनले गरे ।संघीयतासम्बन्धी आवश्यक नियम, कानुन आदि बेलामा नबनाइदिँदा ठिक ढंगले कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।