Connect with us
Kapilvast Forest

इजरायली आक्रमणबाट ७ लेबनानीको मृत्यु

२०८१, ९ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं

युद्धविरामका बीच इजरायली आक्रमणमा लेबनानमा कम्तीमा ७ जनाको मृत्यु भएको छ। ४० जना घाइते भएका छन्। लेबनानको हिजबुल्लाह समूहले रकेट आक्रमण गरेपछि हवाई कारबाही गरिएको इजरायलले दाबी गरेको छ। इजरायली सेनाले इरान समर्थित हिजबुल्लाह समूहका दर्जनौँ रकेट लञ्चर र एक कमाण्ड सेन्टरलाई निशाना बनाएर आक्रमण गरेको बताएको छ।

हिजबुल्लाह समूहले भने आफूहरु युद्धविराममा प्रतिबद्ध रहेको र आक्रमण नगरेको बताएको छ। लेबनानमा हिजबुल्लाह तथा प्यालेस्टाइन समर्थितसहित कयौँ सशस्त्र समूह सक्रिय छन्। यी कुनै पनि समूहले इजरायलमा गरेको आक्रमणको जिम्मा लिएका छैनन्। गाजामा हमास समूहविरुद्ध आक्रमण तीव्र पारेको केही समयमा इजरायलले लेबनानमा पनि आक्रमण गरेको हो। उक्त आक्रमणको लेबनानी राष्ट्रपतिले निन्दा गरेका छन्।  यसैबीच इजरायली आक्रमणमा हमासका एक वरिष्ठ नेता मारिएका छन्।

गाजाको दक्षिण सहर खान युनिसमा भएको आक्रमणमा हमासका राजनीतिक नेता सलाह अल बर्दविल मारिएका हुन् । हमासले इजरायली आक्रमणमा नेता बर्दविलसहित उनकी श्रीमती इजरायली आक्रमणमा मारिएको पुष्टि गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu