गुल्मीमा बर्सेनि गहुँ उत्पादन घट्दै
गुल्मी –
गुल्मीमा गहुँ उत्पादन बर्सेनि घट्दै गएको छ । जिल्लाका विभिन्न स्थानमा गहुँ खेती गर्ने कृषकको संख्या घट्दै जाँदा उत्पादन पनि घट्न थालेको हो ।गत आर्थिक वर्ष २०८०/०८१ मा ६३७० हेक्टर क्षेत्रफलमा गहुँ खेती भएको थियो । जसमा १९ हजार ५ मेट्रिक टन उत्पादन भएको थियो ।त्यसअघिको आर्थिक वर्ष २०७९/०८० मा ६४८० हेक्टर क्षेत्रफलमा १९ हजार ३७५ मेट्रिकटन गहुँ उत्पादन भएको कृषि ज्ञानेकन्द्र गुल्मीका कृषिप्रसादर अधिकृत शिवप्रसाद बञ्जाडेले बताए । बर्सेनि गहुँ उत्पादन गर्ने क्षेत्रफल घटदै गएको छ ।
यस वर्ष पनि गहुँ भित्र्याउने समय सुरु हुन लावगेको छ । यस वर्ष पनि हिउँदको समयमा पानी नपरेकाले उत्पादन घट्ने अनुमान कृषि ज्ञानकेन्द्र गुल्मीले गरेको छ ।जिल्लामा विशेष गरी जेहाङ्ग, अर्बेनी, चौरासी, मजुवा, हर्मिचौरलगायतका स्थानमा पर्याप्त मात्रामा गहुँखेती गरिदै आएको छ ।गहुँ उत्पादन दर मौसम अनुसार तलमाथि भए पनि उत्पादन गर्ने कृषकको संख्यामा कमी हुँदै गएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । हिउँदे वर्षा हुँदा गहुँ बाली धेरै हुँदा मात्रै गहुँ खेती राम्रो हुने गर्दछ ।