Connect with us
Kapilvast Forest

कपिलवस्तुमा एउटै अस्पताल दुई पटक उद्घाटन, अनावश्यक खर्चको आलोचना

२०८१, १० चैत्र सोमबारमा प्रकाशित

न्युजसेन्टर नेपाल, कपिलवस्तु –
कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण भएको १५ शय्याको अस्पताल एक वर्षमै दुई पटक उद्घाटन भएको छ । पहिलो पटक २०८१ साल वैशाख २६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य समारोहबीच उद्घाटन गरेका थिए । तर, सोही भवनमा आज चैत्र ११ गते लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले पुनः सेवा अराम्भ गर्दै उद्घाटन गरेका छन ।

प्रधानमन्त्री ओलीको उपस्थितिमा वैशाख महिनामा आयोजित कार्यक्रममा व्यवस्थापनका लागि करिब १० लाखभन्दा बढी खर्च भएको विजयनगर गाउँपालिकाको लेखा प्रशासनले जनाएको छ । यसैगरी, अहिले प्रदेश मन्त्री सारुको कार्यक्रममा पनि १ लाखभन्दा बढी खर्च गरिएको बताइएको छ ।

स्थानीय बासिन्दाहरूले एउटै भवनको पटक–पटक उद्घाटन तथा सेवा शुभारम्भका नाममा लाखौँ रुपैयाँ खर्चिनु राजस्वको दुरुपयोग भएको आरोप लगाएका छन ।

विपक्षी दलका नेताहरूले यो कार्यक्रम नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई भेला गर्नकै लागि अनावश्यक खर्च गरिएको आरोप लगाएका छन् ।

स्थानीयबासीको भनाइमा, पहिल्यै उद्घाटन भइसकेको भवनमा मन्त्री बोलाएर दोहोर्याएर रकम खर्च गर्नु जनताको आँखामा छारो हाल्ने कार्य मात्र हो ।

स्थानीयहरू भन्छन्— “राजनीतिक स्वार्थ पूर्तिका लागि गरिएको यो दोहोरो उद्घाटन करदाताको पैसाको दुरुपयोग हो ।