नवलपरासी बाट सुपा देउराली गर्न गएको बस दुर्घटना ४ जनाको मृत्यु २७ घाइते
अर्घाखाँची –
अर्घाखाँचीमा बस पल्टिँदा ४ जनाको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिका–२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो भने २७ जना घाइते भएका छन् ।
घाइतेमध्ये ७ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको छ। अन्य घाइतेको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ। लु२ख ३०३ नम्बरको पश्चिम नेपालको बस फर्किने क्रममा दुर्घटनामा परेको हो ।
बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँची सुपा देउराली दर्शन गर्न आएको थियो । लु२ख ३०३ नम्बरको पश्चिम नेपालको बस फर्किने क्रममा दुर्घटनामा परेको हो । मृतकमध्ये तीन महिला र एक पुरुष रहेका छन् ।