Connect with us
Kapilvast Forest

पाटन क्याम्पसमा रोकिएको स्ववियु चुनाव १६ चैतमा हुने

२०८१, १३ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं –

पाटन क्याम्पसमा मतदाता कार्ड विवादका कारण रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव १६ चैतमा हुने भएको छ । ५ चैतमा ११९ मत खसेपति रोकिएको मतदान प्रक्रिया विद्यार्थी संगठनबीच सहमति भएपछि १६ चैतमा गर्न लागिएको क्याम्पस प्रमुख रघुवीर विष्टले बताए ।

‘विद्यार्थी संगठनकै सहमतिमा चुनावको मिति प्रस्ताव गरिएको हो । त्यही मितिमा चुनाव गर्न लागेका हौं,’ उनले भने । मतदाता कार्डको विषयमा विवाद भएपछि ५ चैतमा मतदान रोकिएको थियो । खसेको ११९ मत पनि गणना गर्ने सहमति भएको उनले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj