Connect with us
Kapilvast Forest

इलाममा एक युवतीको शव गाडिएको अवस्थामा फेला, श्रीमान पक्राउ

२०८१, १४ चैत्र शुक्रबारमा प्रकाशित

मङ्गलबारे –

इलाममा एक युवतीको शव गाडिएको अवस्थामा फेला परेको छ।  फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव उनी हराएको १५ दिनपछि फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार कट्टेलको शव फाकफोकथुम गाउँपालिकाको गोलाइ भन्ने स्थानमा आज फेला परेको हो।

शव उत्खनन गर्ने कार्य भइरहेको उनले बताए।  शव उत्खनन गरेपछि कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान अघि बढाइने सूचना अधिकारी राईले बताए।  प्रहरीले उनका श्रीमान् उमेश गिरीलाई नियन्त्रणमा लिएको छ। देउमाई नगरपालिका जितपुर माइत भएकी कट्टेल यही चैत १ गतेदेखि बेपत्ता थिइन्। हराएपछि उनका ससुरा कृष्णलाल गिरीले प्रहरीमा उजुरी दिएका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj