Connect with us
Kapilvast Forest

नेविसंघका विद्यार्थीलाई सम्मान

२०८१, १४ चैत्र शुक्रबारमा प्रकाशित


न्युजसेन्टर नेपाल-

कपिलवस्तु – नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं ३ (क) ले हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सहभागी विद्यार्थीहरूलाई सम्मान गरेको छ। विद्यार्थी राजनीति, नेतृत्व विकास तथा लोकतान्त्रिक मूल्य–मान्यता प्रति विद्यार्थीहरूको आकर्षण बढाउँदै लैजाने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोविन्द केसी को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संविधानसभा सदस्य अभिषेक प्रताप शाह प्रमुख अतिथि रहनु भएको थियो । शाहले विद्यार्थीहरूलाई नेविसंघको नीति तथा मार्गदर्शन अनुरूप अघि बढ्न आग्रह गर्दै विद्यार्थी संगठनले राष्ट्रको भावी कर्णधार निर्माण गर्ने महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । शाहले नेविसंघको विचार र सिद्धान्त अनुरूप विद्यार्थीहरूलाई समाज परिवर्तनको यात्रामा सहभागी हुन आह्वान गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला उपसभापति हुमकान्त खनाल ले स्ववियु निर्वाचनमा भाग लिएका सम्पूर्ण विद्यार्थीहरूलाई धन्यवाद दिनुभयो । खनालले विद्यार्थी राजनीति जिम्मेवारी बहन गर्ने अभ्यास भएको उल्लेख गर्दै स्ववियु निर्वाचन लोकतन्त्रको पाठशाला भएको धारणा राख्नुभयो । खनालले विद्यार्थीहरूलाई निरन्तर अध्ययन, अनुशासन र नेतृत्वदायी भूमिकामा सक्रिय रहन आग्रह गरे।

त्यसैगरी, नेपाली कांग्रेसका जिल्ला सचिव प्रेम रायमाझी ले आजका विद्यार्थी नै भोलिका कर्णधार भएको बताउँदै स्ववियु निर्वाचन लोकतान्त्रिक संस्कार सिक्ने माध्यम भएको बताउनु भयो । रायमाझीले विद्यार्थीहरूले सैद्धान्तिक एवं व्यवहारिक ज्ञान हासिल गर्दै राजनीतिक सचेतना बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कांग्रेस नेता विनोद नेपाल, जमशेर अली मिया, हरि पोख्रेल, मधु पोख्रेल, भिमलाल पाण्डे, तारा पौडेल, अमर पौडेल, राकेश रायमाझी, शिव शंकर चौहान, विष्णु पोख्रेल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

कांग्रेस नेता विनोद नेपाल ले विद्यार्थीहरू देशको मेरुदण्ड भएकाले उनीहरूको सक्रिय सहभागिता र समर्पण आवश्यक रहेको बताउनुभयो । उहाले अध्ययनसँगै राजनीति र नेतृत्व विकासमा पनि विद्यार्थीहरूले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

हरि पोख्रेलले नेविसंघले लामो समयदेखि विद्यार्थी हकहितका विषयमा लड्दै आएको स्मरण गराउँदै, आगामी दिनमा अझ प्रभावकारी भूमिकामा क्रियाशील हुनुपर्ने जोडदिनुभयो ।

कार्यक्रममा नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुर, समय थान बहुमुखी क्याम्पस खरेद्रपुर, र फलहारी बाबा बहुमुखी क्याम्पस महाराजगन्ज का विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । स्ववियु निर्वाचनमा उल्लेखनीय भूमिका निर्वाह गरेका विद्यार्थीहरूलाई कदरपत्र प्रदान गरिनुका साथै उनीहरूको योगदानको उच्च मूल्यांकन गरिएको थियो।

सम्मानित विद्यार्थीहरूले यस्तो सम्मानले आफूहरूलाई थप प्रेरित गरेको बताउँदै आगामी दिनमा अझ जिम्मेवार भएर विद्यार्थी राजनीतिमा सक्रिय रहने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रम समापन गर्दै सभापति गोविन्द केसीले विद्यार्थीहरूको सक्रियता र संलग्नताले लोकतन्त्रलाई थप सशक्त बनाउने बताउनु भयो । उहाले आगामी दिनमा नेविसंघले अझ प्रभावकारी ढंगले विद्यार्थीहरूका हकहितका मुद्दामा लड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

स्ववियु निर्वाचनमा भाग लिएका विद्यार्थीहरूको सम्मान कार्यक्रमले विद्यार्थी राजनीतिलाई अझ प्रेरित गर्ने विश्वास गरिएको छ । कार्यक्रमले विद्यार्थी राजनीतिमा लोकतान्त्रिक मूल्य–मान्यता स्थापित गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj