Connect with us
Kapilvast Forest

पूर्वराजा ज्ञानेन्द्रले बुझेनन काठमाडौं महानगरपालिकाको जरिवाना पत्र

२०८१, १६ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं –

पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन् ।गत शुक्रबार तीनकुनेमा उनकै उक्साहटमा भएको आन्दोलनका क्रममा भएको फोहोर र तोडफोटको मूल्याङ्कन गरी महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो ।
उक्त पत्र लिएर निर्मल निवास पुगेको महानगरपालिकाको टोलीलाई त्यहाँबाट फिर्ता पठाइएको छ ।ज्ञानेन्द्र शाहले पत्र बुझ्न नमानेपछि टोली यत्तिकै फर्केको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।निर्मल निवासले जरिवानाको पत्र बुझ्न नमानेपछि काठमाडौं महानगरपालिकाले कानुनी प्रक्रियामा गएर भएपनि उठाउने भएको छ । ‘हामीले दिएको पत्र बुझ्न नमानेपछि हाम्रो टोली फर्किएको छ । अब हामी प्रक्रियागत ढंगले असुलउपर गर्छौं,’ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने ।

उनका अनुसार नगर प्रहरीलाई निर्मल निवासको गेटमै रोकिएको हो । महानगरका कानुनी सल्लाहरका अधिवक्ता ओम प्रकाश अर्यालले पत्र बुझ्न नमाने पत्रीकामा सूचना निकाल्ने, हुलाक मार्फत चिठी पठाउन पनि सकिने बताए । ‘सिधै पत्र बुझ्न नपाए अन्य वैकिल्पक प्रक्रिया पनि अवलम्बन गर्ने अभ्यास छ । त्यति हुँदा पनि उठेन भने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार उठाउन सकिन्छ,’ अनलाइनखबरसँग उनले भने ।ऐनको दफा ४९ अनुसार केन्द्रीय तहसिलको कार्यालयले लगत कायम गरेर असुल उपर गर्न सक्ने व्यवस्था रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj