Connect with us
Kapilvast Forest

कपिलवस्तुको चन्द्रौटामा ईद मिलन कार्यक्रम हुने

२०८१, १६ चैत्र आईतवारमा प्रकाशित

कपिलवस्तुको चन्द्रौटामा २०८० मा आयोजित इद मिलन कार्यक्रमको फाइल तस्बिर

न्युज सेन्टर नेपाल, कपिलवस्तु  – मुस्लिम समुदायको महान पर्व ईद उल फित्र को अवसरमा शिवराज नगरपालिका स्थित चन्द्रौटा चोकमा ईद मिलन कार्यक्रम आयोजना गरिने भएको छ । शिवराज नगरपालिकाको मुस्लिम समाजद्वारा आयोजित उक्त कार्यक्रम चैत १८ गते सोमबार बिहान १० बजे हुनेछ ।

कार्यक्रमलाई भव्य बनाउन स्थानीय मुस्लिम अगुवाहरू, विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्व, धार्मिक नेताहरू र समुदायका अन्य सदस्यहरूको सहभागिता रहनेछ । मुस्लिम समाजले इद मिलन कार्यक्रममा सहभागिता जनाउनु हुन सम्पुर्ण आमनागरिकहरुलाई अनुरोध गरेको छ ।

रहिस शाहका अनुसार यो कार्यक्रम मुस्लिम समुदायबीचको एकता मजबुत पार्नका लागि मात्र नभई सम्पूर्ण समाजमा सद्भाव फैलाउने अवसर पनि हो । उहाले भन्नुभयो, “ईद मिलन कार्यक्रम हाम्रो धार्मिक तथा सामाजिक सम्बन्धलाई अझ बलियो बनाउने अवसर हो ।
यस कार्यक्रमले समुदायबीच भाइचारा र एकता प्रवर्द्धन गर्नेछ ।”

त्यसैगरी, अल्ताफ खान ले भने, “हाम्रो उद्देश्य सबैलाई एक ठाउँमा ल्याएर आपसी समझदारी र सहिष्णुता बढाउनु हो । धार्मिक सहिष्णुता र सद्भाव कायम राख्दै समाजमा सकारात्मक ऊर्जा फैलाउनु हामी सबैको दायित्व हो।”

कार्यक्रमबारे थप जानकारीका लागि रहिस शाह (९८५७०१४९५०) र अल्ताफ खान (९८०२६२०५१६) सँग सम्पर्क गर्न सकिनेछ।