परसोहियाका अग्नी पीडीतलाई रेडक्रसद्धारा राहत सामाग्री
कपिलवस्तु –
कपिलवस्तुको बिजयनगर गाउपाकिला वडा नम्बर ७ परसोहियाका २२ अग्नी पीडीत परिवारलाई राहत सामाग्री बाडिएको छ । नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु शाखाले प्रजिअ दिल बहादुर तामाङ, प्रहरी उपरिक्षक निरंजनदत्त भट्ट, गाउपालिका उप प्रमुख लक्ष्मी चौधरीको अगुावईमा राहत सामाग्र बाडिएको हो । प्रति परिवार दुई कम्मल, एक त्रिपाल, एक बाल्टी, एक डोरी, एक बोरा, एक पुरुष धोती र एक महिला धोबी बाडिएको साासईटीका महामन्त्री संतोष श्रीवास्तवले बताए । गत चैत १५ गते दिउसो सो गाउमा कतारे खटिको गोठबाट आगलागी फैलिएको थियो । आगलागीबाट ३० लाख बढीको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । अग्नी पीडीतलाई वडा र गाउपालिकाले समेत खाद्यान्न उपलब्ध गराएको छ ।
