Connect with us
Kapilvast Forest

राजावादीको लुटपाट, तोडफोडमा भाटभटेनीको ८० लाख ३३ हजार क्षति मूल्याङ्कन

२०८१, १७ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं –

भाटभटेनी कोटेश्वर स्टोरमा चैत १५ गते राजावादी अराजक समूहको लुटपाट र तोडफोडका क्रममा ८० लाख ३३ हजार रुपैयाँ बराबरको क्षति तथा नोक्सानी भएको छ ।भाटभटेनीले गरेकाे मूल्यांकनका क्रममा मौज्दात सामानमा सबैभन्दा ठूलो क्षति देखिएको छ । ६४ लाख ८८ हजार रुपैयाँको मौज्दात सामान हराएको तथा नष्ट भएको पाइएको छ ।

त्यस्तै भवनमा भएको क्षति मूल्यांकन ११ लाख ८५ हजार रुपैयाँ बराबर रहेको सीईओ पानु पाैडेलले जानकारी दिए । फ्रिजर तथा शोकेसको क्षति २ लाख ६५ हजार र नगद चोरी भएको ९४ हजार रुपैयाँसहित कुल ८० लाख ३३ हजार रुपैयाँ क्षतिको मूल्यांकन भएको हो ।चैत १५ गते राजावादीको अराजक समूहले कोटेश्वरको भाटभटेनी स्टोरको भवन तोडफोड गर्नुका साथै लुटपाट मच्याएका थिए । लुटपाटका क्रममा मौज्दात सामानवापत सबैभन्दा बढी नोक्सानी पुगेको देखिएको छ ।

लुटपाटमा संलग्न केही पक्राउ परेका छन् । पक्राउ परेकालाई अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj