Connect with us
Kapilvast Forest

थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज समकक्षी सिनावातलाई भेट्ने

२०८१, १९ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं –

थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइ समकक्षी पे थोङ् थान् सिनावातबीच बुधबार भेटवार्ता हुँदैछ।परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ। यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्र आदाप्रदान हुनेछ।

सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा समकक्षी सिनावातले आयोजना गरेको दिवभोजमा सहभागी हुनेछन्। त्यसलगत्तै ओलीले थाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओली मङ्गलबार अपराह्न त्यहाँ पुगेका हुन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj