Connect with us
Kapilvast Forest

ओलीसँग थाइल्याण्डका व्यावसायीहरुको भेटवार्ता

२०८१, २० चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं –

थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैंककमा थाइल्यान्डका वरिष्ठ व्यावसायीहरुसंग भेटवार्ता गरेका छन्। भेटका अवसरमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरू पनि सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

ओलीले बुधबार थाइल्यान्डका समकक्षी पे थोङथान सिनावात्राबिच द्विपक्षीय औपचारिक वार्ता भएको छ । वार्तापछि सरकारी दुई र विभिन्न ६ क्षेत्रमा दुई देशबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।यस्तै प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रबार अपराह्न थाइल्यान्डको राजधानी बैंककमा भेटवार्ता तय भएको छ । ओली पछिल्लोपटक प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री मोदीसँग हुन लागेको यो दोस्रो भेट हो ।

उनीहरूबिच पहिलो भेट अमेरिकाको न्युयोर्कमा भएको थियो । भारत भ्रमणमा जाने प्रधानमन्त्री ओलीको प्रयास भने नौ महिनासम्म सफल भएको छैन । शुक्रबार बिमेस्टकको छैटौँ शिखर सम्मेलन हुँदै छ । प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरूले शुक्रबार नै सम्बोधन गर्ने कार्यक्रम छ। बिमस्टेक नेताहरूबिच बिहीबार मेरिटाइम ट्रान्सपोर्ट कोअपरेसन अग्रिमेन्टमा हस्ताक्षर छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj