Connect with us
Kapilvast Forest

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई रोक्न नगर प्रहरी परिचालन , कर्मचारीको विरोध

२०८१, २० चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं –
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन गरिएको छ । गुरागाईं बिहीबार महानगरपालिकाको कार्यालयमा काममा फकर्ने तयारीमा थिए । उनी काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरेर उनलाई गेटमै रोक्न खोजिएको हो ।

महानगरपालिकाले भने आधिकारिक प्रक्रिया पूरा नगरी नक्सा पार गरेको भन्दै उनीमाथि छानबिन समेत गरेको थियो र जिम्मेवारीबाट हटाएको थियो ।यता, महानगरका कर्मचारीहरूले भने सरकारले गुरागाईंलाई नै पठाएकाले हाजिर गर्न लगाएर काममा खटाउने पर्ने माग गरेका छन् ।समाधानको मुख्य मियो मेयर बोलन शाह भएकाले उनी आफैं आएर यो समस्याको समाधान गर्नुपर्ने प्रदर्शनमा उत्रिएका कर्मचारीहरुको माग छ । उनीहरूले प्रमुख प्रशासकीय अधिकृतको गाडीमा समेत मेयरको निर्देशनमा महानर प्रहरीले ह्वील लक गरेको दाबी गरेका छन् ।