Connect with us
Kapilvast Forest

राप्रपाको आन्दोलन रहेकोले बल्खुमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ

२०८१, २५ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं –

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गर्ने सभाका लागि बल्खु क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनस्थापनासहितका माग राखेर मंगलबार राप्रपाले प्रदर्शन गर्न लागेको हो ।

भृकुटीमण्डपमा आयोजना गर्ने भनिएको उक्त सभाका लागि प्रशासनले बल्खु क्षेत्र तोकेको छ ।१२ बजेबाट सुरु हुने भनिएको सभा सुरु हुनुअघि नै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj