Connect with us
Kapilvast Forest

शिक्षक आन्दोलनमा नेविसंघ कपिलवस्तुले जनायो ऐक्यवद्दता (विज्ञप्तिसहित)

२०८१, २५ चैत्र मंगलवारमा प्रकाशित

निजामुद्दीन तेली

कपिलवस्तु : नेपाल शिक्षक महासंघको अगुवाइमा यही चैत्र २० गतेदेखि भईरहेको काठमाडौं केन्द्रित आन्दोलनमा नेपाल विधार्थी संघ जिल्ला कार्यसमिति कपिलवस्तुले ऐक्यवद्दता जनाएको छ । नेविसंघका जिल्ला अध्यक्ष चन्द्रकान्त पोख्रेलले एक प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक आन्दोलनप्रति ऐक्यवद्दता रहेको जनाएका हुन् ।
नेपाल शिक्षक महासंघ २०८१ चैत्र २० गते बाट निरन्तर आन्दोलनमा छ । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा शिक्षकहरूको मागहरू समावेश नभएको भन्दै आन्दोलनका कार्यक्रमहरु गर्दै शिक्षकहरूको स्थायित्व, सेवा सुविधा, सरुवा बढुवा लगायतका विषयमा विगतमा भएका सहमति सरकार पक्षबाट उल्लंघन भएको ठहर गर्दै आन्दोलन गर्न बाध्य भएको जनाउदै शिक्षक महासंघको अगुवाइमा २०८१ चैत्र २० गते देखि भईरहेको काठमाडौं केन्द्रित आन्दोलन प्रति नेपाल विधार्थी संघ जिल्लाकार्यसमिति कपिलवस्तु ऐक्यवद्दता जनाउदछौ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अध्यक्ष पोख्रेलले यस आन्दोलनले जिल्लाभित्र तथा देशभरका विद्यालयहरुमा शैक्षिक सत्र २०८२ को भर्ना अभियान लगायत शैक्षिक गतिविधि पठनपाठन कार्यहरु प्रभावित भएको उल्लेख गरेका छन् । उनले यस्तो परिप्रेक्ष्यमा नेपाल सरकारलाई शिक्षक महासंघसंग विगतमा भएका सम्झौता अनुरुप जायज मागहरूलाई गम्भीरतापूर्वक विचार गरी शीघ्र प्रक्रियाद्वारा विद्यालय शिक्षा ऐन जारी गरी समस्या समाधान गर्न अनुरोध गरेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj