Connect with us
Kapilvast Forest

नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा प्रा. डा. विजय प्रसाद मिश्रको जित निश्चित

२०८१, २६ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं –

नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा प्रा. डा. विजय प्रसाद मिश्र निर्वाचित हुने निश्चित भएको छ । गन्न बाँकी मतभन्दा मतान्तर धेरै भएपछि मिश्र अध्यक्ष निर्वाचित हुने पक्का भएको हो ।अध्यक्ष पदमा कांग्रेस–एमाले गठबन्धनबाट मिश्र र माओवादी–रास्वपा लगायत दलको गठबन्धनबाट रमन श्रेष्ठ प्रतिस्पर्धामा थिए ।निर्वाचन समिति स्रोतका अनुसार अब गन्न बाँकी पुनरावेदन अदालत पाटनको करिब १ हजार ५५८ र ललितपुर जिल्लाको ५६० गरी २ हजार ११८ मत छ । तर मिश्र श्रेष्ठभन्दा २ हजार २८७ मत अन्तरले अगाडि छन् ।

त्यसैले मिश्रको जित सुनिश्चित भएको निर्वाचन समिति स्रोतले बतायो । नेपालका कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि चैत २० गते देशभर मतदान भएको थियो । मतगणना बार एसोसिएसनकै भवन भित्र भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj