Connect with us
Kapilvast Forest

बुटवल–पाल्पा सडक खण्डमा कारमाथि ढंगा खस्दा एकजना घाइते

२०८१, २९ चैत्र शनिबारमा प्रकाशित

बुटवल –

बुटवल–दोभान पाल्पा सडक खण्डमा कारमाथि ढंगा खस्दा एकजना घाइते भएका छन् ।बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार माथि ढुंगा खस्दा कारमा सवार गणेश गैरे घाइते भएका हुन् ।तिनाउ गाउँपालिका९३ रामापिथेकस पार्कनिर चट्टाने भीरबाट खसेको ढुंगा कारको माथिल्लो भाग छेडेर भित्र पसेको दोभान प्रहरी चौकीले जनाएको छ ।घाइतेको अवस्था सामान्य भए पनि कारमा भने क्षति पुगेको प्रहरीको भनाइ छ । उक्त कार पाल्पाको भैरवस्थानतर्फ जाँदै गरेको थियो ।

दुर्घटनास्थल सिद्धबाबा सुरुङमार्गभन्दा केही मिटर पूर्व माथिल्लो र तल्लो सिद्धबाबा मन्दिरको बीचको दुर्घटना जोखिमपूर्ण खण्डमा पर्छ । यो भागमा पनि सुरुङमार्ग बन्नुपर्ने धेरैको माग थियो । तर, माथिल्लो सिद्धबाबा मन्दिर भत्काउनुपर्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सुरुङ मार्ग बन्न नसकेको हो । सुरुङमार्ग माथिल्लो सिद्धबाबा मन्दिरबाट बन्दैछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu