Connect with us
Kapilvast Forest

झापामा हामीबाहेक कसैले जित्ने सम्भावना थिएन, आज एमाले कमजोर देखियो : ओली

२०८१, २९ चैत्र शनिबारमा प्रकाशित

काठमाडौं –

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्लामा पार्टीका संगठनहरू कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।गृहनगर दमकमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले नयाँ जोश, जाँगरका साथ अगाडि बढ्न नेता कार्यकर्तालाई निर्देश गरेका छन् ।

‘नेकपा एमालेको उद्गम जिल्ला हो, झापा । यो ठाउँ कसैले स्ववियु निर्वाचन जित्दैन थियो । हामीले बनाएका हौं । क्याम्पस र विद्यालयमा स्ववियु गठन गर्दा गिरफ्तार भएका थियौं,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘‘गिरफ्तार भएर जेलमा बस्दा, हिरासतमा बस्दा त्यहाँबाट कसैले यो जिल्लामा जित्ने भन्ने त सम्भावनै थिएन । त्यो ठाउँबाट आज नेकपा एमाले प्रगति गर्नुको सट्टा कमजोर अवस्थामा देखिएको छ ।’ कोशी प्रदेश जागरणको प्रदेश भएको भन्दै जनता जागरुक हुनुपर्ने अवस्था भएको बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu