Connect with us
Kapilvast Forest

चट्याङ लागेर एक महिनामा ११ को मृत्यु

२०८१, ३० चैत्र आईतवारमा प्रकाशित

काठमाडौं –

चट्याङका कारण एक महिनाको अवधिमा ११ जनाको ज्यान गएको छ । २०८१ साल चैत १ गतेदेखि चैत २९ गतेको अवधिमा ५१ वटा चट्याङका घटना हुँदा ११ जनाको मृत्यु र ४१ जना घाइते भएका हुन् ।यो गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक हो । केन्द्रका अनुसार चट्याङ लागेर खोटाङ, झापा, मोरङ, धनुषा, अर्घाखाँची, रोल्पा, दैलेख, बाजुरा, बझाङ, डोटी र कञ्चनपुरमा एक–एक जनाको चट्याङ लागेर मृत्यु भएको हो ।चट्याङबाट प्रभावित परिवारको संख्या ६४ छ । आंशिक रुपमा घर क्षतिको संख्या ४ र पूर्ण रुपमा घर क्षतिको संख्या २ छ । ७५ पशुचौपायाको क्षति भएको छ । यसरी अनुमानित २४ लाख ४४ हजार रुपैयाँ बराबरको क्षति भएको केन्द्रको विवरणमा उल्लेख छ ।

केन्द्रको विवरण अनुसार चैत २३ गतेदेखि चैत ३० गते अर्थात् एक हप्तामा चट्याङबाट ८ जनाले ज्यान गुमाएका छन् भने २८ जना घाइते भएका छन् ।यो अवधिमा चट्याङका ३० घटना भएका थिए । ती घटनामध्ये झापा, मोरङ, धनुषा, अर्घाखाँची, रोल्पा, बाजुरा, बझाङ र डोटीमा एक–एक जनाको ज्यान गएको केन्द्रको रेकर्ड छ ।प्री मनसुनको समयमा चट्याङ पर्नुलाई सामान्य मौसमी घटना मानिन्छ । मानिसको ज्यान जाने विपदका अन्य घटनाजस्तै चट्याङ पनि एक प्रमुख घटना हो । तर चट्याङ सम्बन्धी पूर्वसूचना प्रणाली प्रभावकारी छैन ।

चट्याङबाट आमनागरिकको जीवनरक्षाका लागि गृह मन्त्रालय र विपद व्यवस्थापन प्राधिकरणले आम सञ्चार माध्यम र सामाजिक सन्जालमार्फत् सूचनामूलक सामग्री प्रसारण गर्दै आएका छन् । तर मानिसहरुको ज्यान जाने क्रम रोकिएको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu