जिल्ला प्रशासन कार्यालय पर्सामा तनाव सिर्जना
काठमाडौं –
जिल्ला प्रशासन कार्यालय पर्सामा तनाव सिर्जना भएको छ ।दुई समुदाय बीचको झडपपछि उत्पन्न विवाद साम्य पार्न सीडीओ कार्यालय पर्सामा बैठक बसिरहेकै समयमा तनाव सिर्जना भएको हो ।विवाद समाधान गर्न दुई चरणको छलफल सकेर तेस्रो चरणको वार्ता चलिरहेको समयमा कार्यालयभित्र तनावको अवस्था देखिएको हो ।आइतबार बिहान दुई चरणको छलफलमा सामाजिक सद्भाव कायम गर्न पर्सामा क्रियाशील राजनीतिक दलहरू सहमत भएका थिए ।
राजनीतिक दलहरूले शान्ति अमन चयनमा खलल हुने किसिमका धार्मिक एवं सामुदायिक प्रकारका (याली, बन्द लगायतका कार्यक्रम एवं गतिविधिहरू कुनै पनि संघ संस्था एवं समुदायले नगर्ने प्रतिबद्धता जनाएका थिए । शोभा यात्राको क्रममा विवाद उत्पन्न गर्ने कार्यमा संलग्न जो सुकै भए कानुनको दायरामा ल्याइ कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता प्रजिअ गणेश अर्यालले जनाएका थिए ।