टोप बहादुर विक (सुरज) सुकुम्बासी आयोगको सदस्यमा नियुक्त
विजयनगर चैत ३१ –कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. १ भगिरामपुरका टोप बहादुर विक (सुरज) सुकुम्बासी समस्या समाधान सम्बन्धी आयोगको सदस्यमा नियुक्त भएका छन्। आजै आयोजित एक विशेष समारोहका क्रममा जिल्ला अध्यक्ष झबिलाल पोख्रेलले विकलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्।
विक लामो समयदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। विशेष गरी सुकुम्बासी र भूमिहीन समुदायको हक–अधिकारका लागि उनले निरन्तर आवाज उठाउँदै आएका छन्। आयोगमा उनको नियुक्तिसँगै सरकारको तर्फबाट आयोगको काम अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
सपथ समारोहमा जिल्लास्तरीय अधिकारी, स्थानीय प्रतिनिधि तथा विभिन्न समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो। विकले सपथपछि संक्षिप्त मन्तव्य दिँदै सुकुम्बासी समस्या समाधानका लागि आफ्नो भूमिका जिम्मेवारपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।