Connect with us
Kapilvast Forest

तराई मधेशका जिल्लामा आज हर्षोल्लासका साथ जुडशीतल पर्व मनाइँदै,मधेश प्रदेशमा आज सार्वजनिक बिदा

२०८२, २ बैशाख मंगलवारमा प्रकाशित

जनकपुर –

तराई मधेशका जिल्लामा आज हर्षोल्लासका साथ जुडशीतल पर्व मनाइँदै छ । जुडशीतलको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ । यद्यपि सतुवाइन पनि जुडशीतल पर्वकै अङ्ग भएको बताइएको छ ।वैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा पहिलो दिन चना, बदाम, जौँ, मकै, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र सख्खरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरेर खाने चलन छ ।

यसैगरी दोस्रो दिन ९वैशाख २ गते० बुबाआमा, गुरु, मान्यजन एवम् ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल सिंचित गरी वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने आशीर्वाद दिँदै जुडशीतल पर्व मनाउने गरिन्छ ।आजका दिन रुखबिरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ । सूर्यको तापबाट आकुलव्याकुल मानवलगायत रुखबिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो ।

नयाँ वर्षमा जल सिंचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ ।आजको दिन मिथिलाञ्चलको केही स्थानमा हिलोपानी खेल्ने चलन पनि गरिन्छ । घरघरमा सोइजनको तरकारी, करहीबरी, तरुवा लागत विशेष परिकार बनाएर खाने चलन जुडशीतलमा छ ।

 

जुडशीतल जुडशीतल पर्व

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu