Connect with us
Kapilvast Forest

सरकारले चार निर्माण कम्पनीलाई राख्यो कालोसूचीमा

२०८२, ४ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं –

सरकारले विभिन्न चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले  बिहीबार सूचना प्रकाशन गरी दुई कम्पनीलाई डेढ वर्ष र एउटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको जानकारी दिएको हो।छिरिङ लामा डोङ र पम्बर लामा मुख्य व्यक्ति भएको बिल्ड ब्रदर्स कन्स्ट्रक्सन प्रालि गोङ्गबु र सहदेव गौतम मुख्य व्यक्ति भएको एसएम कन्स्ट्रक्सन मकवानपुर कालोसूचीमा परेका छन्।

बिल्ड ब्रदर्सलाई एक वर्ष र एसएम कन्स्ट्रक्सनलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ।यस्तै सुकूँ रानामगर मुख्य व्यक्ति भएको राना फर्निचर सःमलि उद्योग मध्यनेपाल लमजुङ र तुफान सिंह बुढाथोकी मुख्य व्यक्ति भएको शारदा नगरपालिका सल्यानको गौरीगोमा निर्माण सेवा पनि कार्यालयको कालोसूचीमा परेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu