Connect with us
Kapilvast Forest

शिक्षकहरूको आन्दोलनले काठमाडौँ सहित देशभरका सामुदायिक विद्यालय बन्द

२०८२, ४ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौँ –

शिक्षकहरू १६ दिनदेखि सडक आन्दोलनमा छन् । शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन थप आक्रामक हुँदै गइरहेको छ । जसको प्रभाव उपत्यका सहित देशभरको सामुदायिक विद्यालयमा परेको छ । नयाँ शैक्षिक सत्रको सुरु भए पनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन ।महासङ्घले जिल्ला जिल्लाबाट आन्दोलनमा सहभागी हुन शिक्षक कर्मचारीलाई काठमाडौँ आउन उर्दी नै जारी गरेको छ ।

महासङ्घका नेताहरूले आन्दोलनमा सहभागी नहुने, विद्यालय सञ्चालन गर्ने शिक्षक तथा कर्मचारीहरूमाथि निगरानी समेत गरेको हुनाले अहिले विद्यालयहरू पूर्णरुपमा बन्द भएको छ । काठमाडौँ उपत्यकाको बाँसबारी माध्यमिक विद्यालय, शिवपुरी, नन्दी, पद्मकन्या विद्याश्राम लगायतका विद्यालयहरूका तस्बिरलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj