Connect with us
Kapilvast Forest

कपिलवस्तुका महिलाहरुलाई घिउ वितरण

२०८२, ५ बैशाख शुक्रबारमा प्रकाशित

न्युज सेन्टर नेपाल– कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ६ मा आयोजित संस्थागत सुत्केरी प्रोत्साहन कार्यक्रम अन्तर्गत घिउ वितरण तथा आमा र शिशुको स्वास्थ्य जाँच कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

जिरो होम डेलिभरी वडा घोषणालाई मद्दत हुने तथा संस्थागत प्रसुति भएका सुत्केरी महिलाहरूको प्रोत्साहन गर्ने उद्देश्यले विहिबार सुत्केरी महिलाहरुलाई घिउ वितरण गरिएकोछ ।

कार्यक्रमको अध्यक्षता गरेका वडा अध्यक्ष माहेताब आलम खाँले यस्ता कार्यक्रमले महिलाहरूमा संस्थागत सुत्केरीप्रति आकर्षण बढाउने र स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।

उहाले विशेषगरी ग्रामीण क्षेत्रमा अझै संस्थागत सुत्केरीको अवस्था कमजोर भएकाले यस्ता प्रोत्साहनले आमाहरूलाई जागरुक बनाउने धारणा राख्नु भयो ।

वीरपुर स्वास्थ्य चौकीका प्रमुख राजेश कुँवरले मातृ र शिशु स्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राख्दै नियमित स्वास्थ्य जाँच र पोषण आवश्यक रहेको बताउनु भयो । उहाका अनुसार, “शरीरमा आवश्यक पोषक तत्व पुग्न घिउजस्ता परिकार उपयोगी हुने हुँदा वितरण गरिएको हो ।”

त्यस्तै, वडा सचिव राम प्रसाद चौधरीले कार्यक्रम सफल बनाउन स्थानीयको सक्रिय सहभागिता रहेको भन्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रम वीरपुर स्वास्थ्य चौकीको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय आमाहरूको उल्लेख्य सहभागिता रहेको थियो । घिउ पाएपछि सुत्केरी महिलाहरू खुसी भएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu