Connect with us
Kapilvast Forest

आन्दोलनरत शिक्षकको रमिता बढी भएको रामकुमारी झाक्री टिप्पणी

२०८२, ६ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं –

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीले आन्दोलनरत शिक्षकको रमिता बढी भएको टिप्पणी गरेकी छिन्। शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले ‘सडकबाट ऐन पास हुने हो ?’ भनी शिक्षकहरूलाई प्रश्न गरेकी छिन्।उनले विधेयक पास गर्ने पनि निश्चित विधि र प्रक्रिया भएको स्मरण गराउँदै कसैसँग पनि वार्ता नगर्ने र सडकबाटै ऐन माग्ने शिक्षकहरूको प्रवृत्ति सही नभएको जिकिर गरेकी छिन्। ‘विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुँदैन? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रधानमन्त्री र नेताहरुले सडकबाटै ऐन पास गरिदिनुहुने रहेछ ?’ उहाँले प्रश्न गरेकी छिन्।

झाक्रीले निजी स्कूलले धमाधम भर्ना  गरेर  कक्षा चलाउन लागिसकेको भन्दै सरकारी विद्यालयहरुको रिजल्ट शून्य रहेको आरोपसमेत लगाएकी छिन्।  ‘राज्यको तलब खाएका शिक्षक कर्मचारीले ?’ झाक्रीले भर्नाको वेला विद्यालय बन्द गरेर लाखौ विद्यार्थीको भविष्य अन्योल बनाउन मिल्छ?’ उनको प्रश्न छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu