Connect with us
Kapilvast Forest

धादिङमा बोलेरो र टिपर ठोक्कियो, एक जनाको मृत्यु

२०८२, ६ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं-

धादिङको थाक्रे गाउँपालिका–१ एक्लेफाँटस्थित सडकमा टिपरसँग बोलेरो ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार शुक्रबार राति काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्र  ३–०१–०२३ च ६५८ नम्बरको बोलेरो हाल नम्बर नखुलेको टिपर पछाडि ठक्कर दिएको थियो ।दुर्घटनामा परेर बोलेरोमा सवार ललितपुर बागमती गाउँपालिका–१ बस्ने ३४ वर्षीय थुल बाबु थिङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिपरका चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu