क्याम्पस प्रमुख गुप्ताको दादागिरीविरुद्ध बिद्यार्थीले लगाए ताला
कपिलवस्तु- न्युजसेनटर नेपाल
कपिलवस्तुको फलाहारी बाबा बहुमुखी क्याम्पसमा हामीले पढ्न भर्ना भएका हौं, लुटिन होइन। जब सम्म अन्यायपूर्ण शुल्क खारेज हुँदैन , हाम्रो आन्दोलन जारी रहनेछ,”भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका छन ।
कपिलबस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा न १ मा सञ्चालित फलाहारी बाबा बहुमुखी क्याम्पसमा नियम बिपरीत शुल्क लिएको पाईएको हो । त्रिभुवन विश्वविद्यालय ले जारी गरेको तेस्रो बर्षे परीक्षा फारम शुल्क नियम विपरित भएपछि बिद्याथीहरुले बिरोध जनाएका हुन् ।
बिद्याथीले उक्त रकमको रशिद दिन माग गरेको र क्याम्पस प्रशासनले आलटाल गरेपछि विद्यार्थीहरु विरोध गरी क्याम्पस प्रमुख सुर्यलाल कसौैधनको कार्यकक्षमा ताला लगाएका हुन् । ताला लगाउनु अगावै विद्यार्थीहरुले क्याम्पस प्रमुख संग कुरा गर्दा कपिलवस्तुको जिल्ला सबै क्याम्पसमा परीक्षा फर्म शुल्क बढेको क्याम्पस प्रमुखले दावि गरेका छन् । बिद्याथीले बढेको भए रशिद दिन माग गर्दै क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरेको बिद्याथी तथा संचारकर्मि निजामुदीन खनले जानकारी दिएका छन् ।
