Connect with us
Kapilvast Forest

रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा

२०८२, ९ बैशाख मंगलवारमा प्रकाशित

sarbocha adalat

काठमाडौँ –

गैरकानुनी थुनामा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिटको पेसी न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ ।आइतबार रविपत्नी निकिता पौडेलले सर्वोच्चमा रविको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । हिजो उक्त रिट न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेकोमा फुयाँलले उक्त मुद्दा नहेरेपछि रिट हेर्न नमिल्नेमा गएको थियो ।

सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरेको उच्च अदालत तुलसीपुर बुटवलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उच्चको आदेशपछि चैत २२ गते उनलाई सोही रात पक्राउ गरी एक रात प्रहरी परिसर काठमाडौँमा राखेर रुपन्देही पठाइएको थियो । दुई दिन रुपन्देहीमा हिरासतमा राखेपछि चैत २५ गते मात्रै अदालतमा पेस गरेर लामिछानेलाई कारागार चलान गरिएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu