Connect with us
Kapilvast Forest

पोखरा विमानस्थलमा १० अर्ब बढी भ्रष्टाचार भएको तथ्य बाहिर आएको छ कारबाही गर्ने हिम्मत छ : रास्वपा सांसद पराजुली

२०८२, १४ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं –

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद गणेश पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको तथ्य बाहिर आएको बताएका छन् ।आइतबार प्रतिनिधि सभाको बैठकमा बैठकमा बोल्दै उनले २०७१ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्माण सम्झौता गरेको स्मरण गरे । निर्माण सम्पन्न भएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ मा उद्घाटन सम्पन्न भएको थियो । तर, अझैसम्म परीक्षण उडान बाहेक सञ्चालनमा आउन नसकेको भनेर सरकारको ध्यानाकर्षण गरे ।

 

उनले पोखरा विमानस्थलमा १० अर्ब बढी भ्रष्टाचार भएको तथ्य बाहिर आएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्ने हिम्मत छ कि छैन भनेर सरकारलाई प्रश्न गरे । ‘२२ अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको विषय संसद्को लेखा समितिको उपसमितिले उजागर गरेको तथ्य बाहिर आएको छ’, उनले भने ।अनियमिततामा संलग्नमाथि कारबाही हुनुपर्ने उनको माग छ । ‘त्यति मात्र होइन प्रधानमन्त्रीज्यू, विमानस्थललाई आवश्यक लम्बाइको धावन मार्ग त बन्न सकेन तर धावन मार्गभन्दा कैयौं गुणा लामो भ्रष्टाचारको लिस्ट बनेको भनेर अन्तर्राष्ट्रिय सञ्चार जगतले सिरिजमा बारम्बार यो विषय उजागर गरिरहेको छ’, उनले भने ।

सांसद पराजुली अगाडि भन्छन्, ‘यो प्रकरण उजागर गर्नुमा उसका आफ्ना इन्ट्रेस्ट होलान् यद्यपि नेपालमा हुने भ्रष्टाचारको काण्ड अन्तर्राष्ट्रिय जगतमै दुर्गन्धित भएको कुरा त उजागर गरेको सत्य हो नि रु प्रधानमन्त्रीज्यू ।’प्रधानमन्त्रीले भ्रष्टाचार गर्न नदिने बाचा गर्दै आएको पनि उनले स्मरण गरे । अगाडि भने, ‘अब नाकैमुनि भएको भ्रष्टाचारको गन्धले संसार दुर्गन्धित हुँदा पनि भ्रष्टाचार आफू पनि गर्दिन र गर्न पनि दिन्न भन्दै कार्यकर्ताको आँखामा छारो हालिरहने कि रु’ पराजुलीको प्रश्न छ ।

यो विषयमा न्यायिक छानबिन समिति गठन गर्न उनको सुझाव छ । अगाडि थप्छन्, ‘उच्चस्तरीय सशक्त न्यायिक छानबिन समिति गठन गरेर यो परियोजनामा भएको सबै भ्रष्टाचार र अनियमितताको छानबिन, भ्रष्टाचारसँग जोडिएका ती सबैलाई कानुनको कठघरामा उभ्याउने र विमानस्थल सुचारु गराउने प्रतिबद्धता जाहेर गर्ने हिम्मत छ नि प्रधानमन्त्रीज्यू रु’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu