Connect with us
Kapilvast Forest

स्याङ्जामा कुखुरा बोकेको बोलेरो जिप दुर्घटना , तीन सय कुखुरा मरे

२०८२, १५ बैशाख सोमबारमा प्रकाशित

स्याङ्जा-

भीरकोट नगरपालिका – १ लामाचौरस्थित सिद्धार्थ राजमार्गमा सोमबार बोलेरो जिप दुर्घटना भएको छ ।दाङबाट पोखरातर्फ आउँदै गरेको ग ३ च ६४३३ नम्बरको बोलेरो जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक प्रवेश तिवारीले बताउनुभयो ।

बोईलर कुखुरा बोकेको उक्त जिपमा रहेका ४५० कुखुरामध्ये तीन सय मरेका छन् भने दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले निरीक्षक तिवारीले बताउनुभयो ।