Connect with us
Kapilvast Forest

बैंकिङ कसुर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

२०८२, १६ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं –

बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–५ घर भएकी ३३ वर्षीया नेहा अधिकारी र काठमाडौं महानगरपालिका–२६ सामाखुशी बस्ने गोरखा, गोरखा नगरपालिका–४ पोखरीथोक घर भएकी ४१ वर्षीया सविना शाक्य रहेका छन् ।

जिल्ला अदालत काठमाडौं र जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेकी नेहालाई ललितपुर महालक्ष्मी नगरपालिका–५ बाट पक्राउ गरिएको हो ।जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेकी सविनालाई काठमाडौं महानगरपालिका–२८ डिल्लीबजारबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ मध्ये नेहालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर र सविनालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj