Connect with us
Kapilvast Forest

पाल्पामा अम्रिसो ‘क्रान्ति’ : डाँडाहरू हरिया भए, घरघरमा नोट भित्रियो

२०८२, १९ बैशाख शुक्रबारमा प्रकाशित

पाल्पा-

उराठलाग्दो डाँडा रमाइलो र हरियाली बन्ला भनेर सोचेकी थिइनन् पाल्पा निस्दी गाउँपालिका–३, की यमकुमारी सिंहले । डाँडामा दिनभर गोठालो बस्दा पनि घाँस नभएर गाई–गोरु भोकै फर्किन्थे । अहिले स्थानीय भारीका भारी घाँस लिएर फर्किन्छन् । एक दशक अगाडि र अहिले धेरै परिवर्तन आएको छ । ‘अहिले डाँडा हरियाली भएको छ, मिलीजुली कबुलियती वन समूहकी कोषाध्यक्ष समेत रहेकी उनले खुशी साटिन् ‘हाम्रा खल्ती पनि खाली छैनन्, अम्रिसोले त हाम्रो गाउँलाई नै चिनायो ।’

अम्रिसो हुर्किएर उजाड डाँडा हरियाली भएपछि जीवनस्तर सहज भएको निस्दी–३ को मजुवाडाँडा कबुलियती वन समूहका अध्यक्ष वीरबहादुर पाटा सुनाउँछन् । उनले भने, ‘अम्रिसोले डाँडा हरियाली मात्रै होइन, घरघरमा हरिया नोट पनि दिएको छ, सानो पैसाका लागि अरूको मुख ताक्नु पर्दैन ।’ उनका अनुसार ‘अम्रिसो बेचेर पैसा कमाइ हुन थालेको छ । सँगै गाईवस्तु पाल्न घाँस प्रशस्त हुँदा मलको समस्या छैन, त्यसबाट खेतीमा सहयोग पुगको छ । भैंसी पाल्नेले दूध, बाख्रा पाल्नेले खसी–बोकाबाट पनि आम्दानी गरिरहेका छन् ।’

एक महिना झाडी फाँडेर खनजोत गर्न र एक महिना बिरुवा रोप्न समय खर्चेका उनी रोपेको दुई वर्षसम्म थप गोडमेल गरेको सम्झिन्छन् । अहिले भने अम्रिसोको फूल ९कुचो० बाट नियमित पैसा आइरहेको पाटाले सुनाए । ‘त्यो बेलाको दुःख अहिले पेन्सन जस्तै भएको छ’, उनी भन्छन् ।१३ वर्षअघि गाईवस्तु चर्ने पाल्पाको निस्दी–३ को खुइले ९उजाड० देखिने त्यो काउलेडाँडा अहिले अम्रिसोको घारीले ढाकेर लोभलाग्दो भएको छ । जुन डाँडामा अहिले आन्तरिक पर्यटक रमाउँदै गरेका भेटिन्छन् । अम्रिसो खेतीअघि यसलाई गाउँलेहरूले चरिचरन क्षेत्रको रूपमा प्रयोग गर्दै आएका थिए ।

झिरुवासमा २०६७ सालमा ९ वटा कबुलियती वन समूहका १०३ घर परिवारबाट शुरू भएको अम्रिसो खेतीले अहिले ‘हरित क्रान्ति’ नै ल्याएको डिभिजन वन कार्यालय, पाल्पाका प्रमुख नारायणदेव भट्टराई बताउँछन् । ‘त्यतिबेला म वन अधिकृतको रूपमा त्यस क्षेत्रमा खटिएको थिएँ’ विगत स्मरण गर्दै उनले भने, ‘समुदाय जाग्ने हो भने उजाड डाँडा हरियाली देखाउन र त्यसलाई आम्दानीको स्रोत बनाउन सकिंदो रहेछ ।’

सो क्षेत्रमा ९ वटा समूहबाट शुरू भएको अम्रिसो खेतीमा समूहको संख्या बढेर अहिले १९ पुगेको छ । जहाँ २३९ घरपरिवारले २५६ हेक्टर क्षेत्रफलमा ७ लाख ४२ हजार ५०० अम्रिसोका बिरुवा रोपेका छन् । अम्रिसोका बिरुवा किसानका खेतबारीका कान्ला र पाखोसम्म फैलिएका छन् । निस्दी गाउँपालिकामा मात्रै झिरुबास, मित्याल, ज्यामिरे र अर्चले गरी अम्रिसोका चार वटा पकेट क्षेत्र छन् ।

ती चार क्षेत्रमा ७१ वटा समूहमा ७०६ घरपरिवार कबुलियती वन समूहका सदस्य छन् । ती घरपरिवारले कबुलियती वनको ७१२।३३ हेक्टर क्षेत्रमा अम्रिसो लगाएका छन् । काउलेडाँडा अन्तर समूहका अध्यक्ष दमन पाटा मगर अम्रिसोको कुचो बिक्री गरी प्रति घरपरिवारले वार्षिक एक लाख रुपैयाँ हाराहारीमा आम्दानी गर्ने गरेको बताउँछन् । उनका अनुसार मगर जातिको बाहुल्य रहेको पाल्पाका ग्रामीण क्षेत्रमा अम्रिसो मुख्य आम्दानी बनिरहेको छ । सो क्षेत्रका उपभोक्ता समूहले विगत तीन वर्षको अवधिमा मात्रै ३ करोड २६ लाख ११ हजार ४७७ रुपैयाँ आम्दानी गरेका छन् ।

साभार: अनलाईन खवर

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu