Connect with us
Kapilvast Forest

सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन फिर्ता

२०८२, २० बैशाख शनिबारमा प्रकाशित

काठमाडौं –

नेपाल चिकित्सक संघ र सरकारबीच सहमति भएको छ । शनिबार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र नेपाल चिकित्सक संघबीच भएको छलफलपछि सहमति जुटेको हो ।सहमति भएसँगै चिकित्सकहरुको आन्दोलन स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरुका लागि यथाशिघ्र सुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरुमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्नसक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने सम्झौता भएसँगै आवासीय चिकित्सकहरु आन्दोलन छोड्न सहमत भएका हुन् ।

सहमतिसँगै सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री पौडेलले आवासीय चिकित्सकहरूका मागहरू पूरा गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको र त्यसको कार्यान्वयन गर्ने सहमति भएको जानकारी दिए ।‘प्रतिवद्धता गरिसकेपछि नेपाल चिकित्सक संघ यो आन्दोलन उहाँहरुको घोषित कार्यक्रम थियो, त्यसलाई उहाँहरु फिर्ता लिन तयार हुनुभएको छ,’ मन्त्री पौडेलले भने, ‘उहाँहरूसँग भएको सम्झौतालाई हामीले इमान्दारितापूर्वक कार्यान्वयन गर्नेछौँ ।

केही विषयहरु जुन चिकित्सा शिक्षा आयोगले निर्णय गरेको थियो, त्यसलाई कार्यान्वयन छिटो नभएको, सहज ढंगबाट नभएको विषय उहाँहरूको पछिल्लो विषय थियो । त्यसलाई छिटो कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिष्ठानअन्तर्गतका कलेजहरु पनि क्रमशः कार्यान्वयन गर्न तयार भएको स्थिति छ ।’ अहिले आन्दोलनपछि निजी मेडिकल कलेजबाट पनि आठौं तह सरह भत्ता दिने प्रतिवद्धता आएको र विभिन्न कलेजमा आवासीय चिकित्सकहरु काम गर्न फर्किसकेको उनले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu