Connect with us
Kapilvast Forest

पाकिस्तानतर्फबाट गोलीबारी हुँदा जम्मू–कश्मीर प्रशासनका एक उच्च अधिकारीको मृत्यु भएको भारतका दाबी

२०८२, २७ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं –

पाकिस्तानतर्फबाट भएको गोलीबारीमा जम्मू–कश्मीर प्रशासनका एक उच्च अधिकारीको मृत्यु भएको भारतले दाबी गरेको छ ।जम्मु(कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले शनिबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी दिंदै अतिरिक्त जिल्ला विकास आयुक्त ९एडिशनल डिभिजनल कमिस्नर राजकुमार थापाको मृत्यु भएको बताएका छन् ।‘राजौरीबाट दुःखद खबर आएको छ,’ उनले लेखेका छन्, ‘हामीले जम्मु–कश्मीर प्रशासन सेवाका एक समर्पित अधिकारी गुमाएका छौं। हिजोमात्रै उनी उपमुख्यमन्त्रीसँगै जिल्लामा थिए र मेरो अध्यक्षतामा सम्पन्न अनलाइन बैठकमा पनि सहभागी भएका थिए।’

मुख्यमन्त्री अब्दुल्लाहका अनुसार पाकिस्तानले राजौरी शहरलाई लक्षित गरी गरेको गोलीबारीमा थापाको घर निशानामा परेको थियो । सोही आक्रमणमा थापाको मृत्यु भएको हो ।गोलीबारीबाट अन्य क्षति भएको विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । भारतीय सुरक्षाफौजले गोलीबारीको जवाफ दिएको जनाएको छ ।भारतले ‘अपरेशन सिन्दूर’ सुरु गर्दै हवाई हमला गरेपछि पाकिस्तानले त्यसविरुद्ध ‘बुनयान(उल(मरसूस’ को नाममा जवाफी कारबाही सुरु गरेको छ । यसअन्तर्गत भारतीय हवाई सेना र मिसाइल भण्डार क्षेत्रलाई निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu