Connect with us
Kapilvast Forest

ट्रकको ठक्करबाट गए राति दमकमा स्कुटी चालकको मृत्यु

२०८२, २८ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं-

 ट्रकको ठक्करबाट गए राति दमकमा स्कुटी चालकको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।ताप्लेजुङ दोभानका २२ वर्षीय अङ्कित लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीया सृजना राई घाइते भएकी र उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरीका प्रहरी प्रमुख राजन लिम्बूका अनुसार उनीहरू कामबाट कोठातर्फ फर्किँदै गर्दा गए राति दमक नगरपालिका-१ स्थित रवि स्टेण्डको गेटमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले फाल्गुनन्द चोकबाट बेलडाँगीतर्फ जाँदै गरेको मे८प ४५५८ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो।

घाइतेलाई दमक अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि ट्रकचालक फरार छन् भने ट्रक र स्कुटी प्रहरीले नियन्त्रणमा लिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu