Connect with us
Kapilvast Forest

रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरणको मुद्दा न्यायाधीश सुनिल पोखरेलको इजलासमा

२०८२, १ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं –

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई रिहा गर्नुपर्ने रिट निवेदन माथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।बुधबार सर्वोच्च अदालतले निवेदनको सुनुवाइको लागि न्यायाधीश सुनिल पोखरेलको इजलास तोकेको छ । प्रारम्भिक सुनुवाइ पछि अदालतले उनलाई थुनुवामा राख्नुपर्ने कारण पेस गर्न सरकार र गृह प्रशासनलाई आदेश दिन सक्नेछ ।

मिश्रकी पत्नि सारिका कार्कीले गैरकानुनी थुनामा राखिएको भन्दै मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।१५ चैतमा तीनकुनमा भएको राजावादीको प्रदर्शनपछि प्रहरीले सोही दिन मिश्रलाई पक्राउ गरेको थियो । मंगलबार जिल्ला अदालत काठमाडौंले पाँच दिन पुनः म्याद थपेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu