न्यायिक प्रक्रियाको हत्या हुँदा साक्षी बस्ने कि प्रतिरोध गर्ने:सांसद गौतम
काठमाडौं –
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सांसद सोबिता गौतमले न्यायपालिकाको कार्यशैलीप्रति आपत्ति जनाएकी छिन् ।प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद गौतमले अदालतले कार्यपालिका जस्तै प्रवृत्तिमा न्याय सम्पादन गर्न थालेको र यसरी देशमा विधिको शासन कायम हुन नसक्ने टिप्पणी गरिन् ।अदालतले कानुनको उचित प्रक्रिया उल्लंघन गरेको भन्दै पूर्वन्यायाधीशहरुको फोरमले समेत प्रश्न उठाउनुपर्ने बेला भएको बताइन् । सूर्यदर्शन सहकारी हिनामिना प्रकरण मुद्दामा पार्टी सभापति रवि लामिछाने पक्षलाई पेसी तोकिएको सूचना नै नदिई उच्च अदालत पोखराले बिहीबार एकतर्फी सुनुवाइ अघि बढाएको प्रति सांसद गौमले यस्तो टिप्पणी गरेका हुन् ।
‘संसद् र सरकार एउटा राजनीतिक परिवेशबाट उदाउने संस्था हुन् । यहाँ जनताका अपेक्षा पूरा नभएका हुन सक्छन् । असन्तुष्टि हुन सक्छन् । न्यायालय भनेको एउटा आशाको धरोहर हो,’ गौतमले भनिन्, ‘जनताले सबै ठाउँमा अन्याय भए पनि त्यहाँ न्याय हुन्छ है भनेर जाने ठाउँ हो । न्यायलयमाथि पनि जनताले विश्वासको वातावरण सिर्जना नभएको महसुस गरिरहेका छन् र यो गम्भीर विषय हो ।’पूर्वन्यायाधीश फोरमले नै न्यायपालिकाको कार्यशैलीमाथि प्रश्न उठाउनुपर्ने बेला भएको होइन रु भन्दै उनले प्रश्न गरिन् ।‘अदालतको कानूनको उचित प्रक्रिया मिचिएको देख्दा, उल्लंघन भएको देख्दा त पूर्वन्यायाधीशहरूको फोरमले नै अब न्यायपालिकाकै कार्यशैलीमा प्रश्न उठाउनुपर्ने बेला भयो कि रु आफू पूर्व भएको कारणले टिप्पणी गर्नुपर्ने बेला भयो कि भन्ने जस्तो महसुस भएको छ,’ सांसद गौतमले भनिन् ।
अदालतले पनि कार्यपालिका जस्तै प्रवृत्तिमा न्या सम्पादन गर्न थाल्दा विधिको शासन कायम हुन नसक्ने उनको भनाइ थियो ।‘यदि अदालतले पनि कार्यपालिका जस्तै प्रवृत्तिमा न्याय सम्पादन गर्न थाल्यो भने देशमा विधिको शासन कायम रहँदैन । केवल विधिको आवरण मात्रै बाँकी रहन्छ,’ सांसद गौतमले भनिन्, ‘यदि यो प्रक्रिया भयो भने जनताको आक्रोश सडकमा पोखिनु स्वभाविक परिप्रवाह हो । न्याय सम्पदान हुनु अघि नै न्यायिक प्रक्रियाको हत्या हुँदैछ सभामुख महोदय । यसको मौन साक्षी हुने कि जागरुक प्रतिरोध गर्ने रु अब यो संसद् र नागरिक समाजको साझा जिम्मेवारी हो ।’ उनले अदालतले नै संविधानको आत्मामाथि चोट पुर्याएको टिप्पणी गरिन् ।